Pura Samachar

मुख्यमंत्रीले गरे लिङथोइलाई सम्मान

प्रकाशित: September 1, 2022
पूरा समाचार

मुख्यमंत्रीले गरे लिङथोइलाई सम्मान

डा. हरिमोहन पोखरेल

कोहिमा /हालैमा साराजेवोमा संपन्न भएको विश्व कैडेट जुडो चैम्पियनशिपमा भारतबाट प्रतिनिधित्व गर्दै गएर गोल्ड मेडल जित्नमा सफल हुने कुमारी लिङथोई चांदमलाई आज सम्मानित गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले लिङथोईलाई एउटा खदा ओडाएर सम्मानित गरे ।
सानो समारोहमा बोल्दै बिरेनले भने कि मणिपुरले विश्वको खेलको पटलमा नया पाठ सिकाउने काम गरेको छ ।सानो राज्य भए पनि खेलको प्रति चासोले इतिहास बनाई रहेको छ ।
उनले अगाडि भने कि कुमारी लिङथोईलिङथोईले सानो उमेरमा ठूलो कार्य गरेको छ ।सरकारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने छ ।
उनले अगाडि थपे कि भारतवर्षको खेल मन्त्रालयले पनि सा -साना खेलाडीहरू प्रति नया नीति तैयार गर्नुपर्ने बेला आएको छ ।मणिपुरवासीको आशीर्वादले एकदिन अवश्य पनि लिङथोइले पाउनेछिन ।
स्मरण रहोस् मणिपुर खेलको क्षेत्रमा पावरहाउस हो भन्दा फरक नपर्ला ।

प्रतिक्रिया