Pura Samachar

नेपालआज केन्याविरुद्धको एकदिवसीय सिरिज खेल्दै

प्रकाशित: September 2, 2022
पूरा समाचार

नेपालआज केन्याविरुद्धको एकदिवसीय सिरिज खेल्दै

काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट घरेलु टोली केन्याविरुद्ध ३ खेलको एकदिवसीय सिरिजको खेल्ने छ।नेपालले आज आफ्नो पहिलो एकदिवसीय खेल खेल्दै छ।तीन खेलको सिरिजको एकदिवसीय सिरिज आजक्बाट सुरु हुनेछ ।नेपाल र केन्या बीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने छ।

नेपालको केन्याविरुद्धको एकदिवसीय सिरिज आधिकारिक अन्तर्राष्ट्रिय सिरिज भने हुने छैन । किनकी केन्यासँग आईसीसीको एकदिवसीय मान्यता छैन । केन्याले सन् १९९६ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको थियो । सन् २०१४ को क्रिकेट विश्वकप छनोटमा पराजित हुँदै पाँचौं स्थानमा पर्नु अघि १८ वर्षसम्म एकदिवसीय मान्यता केन्यासँग थियो ।

केन्या सन् १९८१ देखि आईसीसीको एक एसोसियट सदस्य रहेको थियो । केन्याले सन् १९९६ देखि सन् २०११ सम्म पाँच क्रिकेट विश्वकप खेलेको छ । दक्षिण अफ्रिकामा सन् २००३ क्रिकेट विश्वकपमा सेमिफाइनलसम्म पुगेर सबैलाई अचम्मित बनाएको थियो । बलियो इतिहास बोकेको केन्या क्रिकेट अहिले भने न्युनस्तरको टिम मानिन्छ ।

एकदिवसीय सिरिज खेल्नु अघि नेपालले ५ खेलको टि२० सिरिज खेलेको थियो।जसमा नेपालले ३-२ ले हात पारेको थियो। मंगलबार  भएको पाँचौं तथा अन्तिम टी ट्वान्टी अन्तराष्ट्रिय खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको थियो। सिरिजको पहिलो खेलमा घरेलु टोलीलाई ५ विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा केन्याले १८ रनले नेपाललाई पराजित गर्दै सिरिजमा १–१ को बराबरी गर्यो । तेस्रो खेलबाट नेपालले सिरिजमा पुन: अग्रता बनायो । यस खेलमा उत्कृष्ट ब्याटिङसहित केन्यालाई ४ विकेटले हरायो । चौथो खेलमा ७ विकेटले नतिजा केन्यालाई सुम्पियो ।

अन्ततः पाँचौ तथा अन्तिम दिन यस सिरिजको फैसला हुने भयो । निर्णायक खेलमा उत्कृष्ट खेल पस्केको नेपालले केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज कब्जा गर्यो ।

यस्तै नेपाल केन्याको बिचको एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण पनि हुने भएको छ । नेपालमा याक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ ।

यस सिरिजमा नेपालका नियमित कप्तान सन्दीप लामिछाने भने हुने छैन।नियमित कप्तान सन्दीप लामिछाने ५ खेलको टीट्वान्टी सिरिज पछि क्यारेवियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेका छन्।

कप्तान सन्दीप लामिछानेको स्थानमा नेपालका हालका उपकप्तान रोहित कुमार पौडेलले कप्तानी गर्ने छन्।यो रोहितको राष्ट्रिय टिमका लागि पहिलो कप्तानी अनुभव समेत रहने छ ।

३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ।एकदिवसीय सिरिजको दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुने छ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर साह।

प्रतिक्रिया