Pura Samachar

सुनको मूल्य घटयो

प्रकाशित: September 2, 2022
पूरा समाचार

सुनको मूल्य घटयो

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ। बिहीबारको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ घट्दा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छाापावाल सुन प्रतितोला १ सय रुपैयाँ घटेर ९३ हजार रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया