
काठमाडौं । साताको अन्तिम कारोबारको दिन २ घण्टाको अवधिमा नेप्से परिसुचक १ दशमलव ६७ अंकले ओरालो लागेको छ ।
शुक्रबार नेप्से परिसुचक शुन्य दशमलव शुन्य ८ प्रतिशतले घटेर १९७० दशमलव ६२ बिन्दुमा रोकिएको छ । हिजो सामान्य अंकले घटेको शेयर बजार आज पनि झिनो अंकले आरालो लागेको हो ।
नेप्से परिसुिचसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ७४ अंकले घटेको छ । आज २ घण्टाको अवधिमा भएका १३ हजार ३ सय ९ कारोबारबाट २१९ कम्पनीका १८ लाख १ हजार २ सय ७३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कारोबार भएको सम्पूर्ण रकम ६९ करोड ८८ लाख ५ हजार ९ सय ५१ पुगेको छ ।
प्रतिक्रिया