
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका २ जनाको मृत्यु भएको छ ।
त्यस्तै, २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परीक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टिजेन परीक्षणका क्रममा १०८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
शुक्रबार ३३९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।
हाल २ हजार ६ सय ४२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
२४ घण्टामा २ लाख ९७ हजार १ सय १५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया