
दशैं आउन करिब तीन साता बाँकी रहँदा अधिकांश गन्तव्यको हवाई टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले दशैंका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिए । उनले अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको बताएका छन् ।
‘दशैंका लागि अधिकांश बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान संख्या थप्ने योजनामा छौँ ‘ट्रक रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज लिमिटेड भएकाले अत्यधिक चाप हुन्छ’, प्रवक्ता शर्माले भने । दशैंलक्षित अनलाइन बुकिङ सकिए पनि जहाज पर्याप्त रहेकाले थप उडान सञ्चालन गरिने उनले जानकारी दिए ।
प्रतिक्रिया