
काठमाडौँ- आज भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडेलाई मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । राष्ट्रपति भवन शीतल निवासमा जनरल पाँडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्दैछिन् ।
पाँच दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष पाँडे आइतबार नेपाल आएका थिए । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रतिक्रिया