Pura Samachar

मनकामना केबलकार (भदौ २५ गते) शनिबारदेखि सञ्चालनमा आउने

प्रकाशित: September 5, 2022
पूरा समाचार

मनकामना केबलकार (भदौ २५ गते) शनिबारदेखि सञ्चालनमा आउने

काठमाडौं- स्तरोन्नतिका लागि बन्द भएको मनकामना केबलकार भदौ २५ गतेदेखि सञ्चालनमा आउने भएको छ।

आधुनिक प्रणालीसहित मनकामना केबलकार सञ्चालनमा आउने भएको हो।

एनालग कनेक्ट माध्यमबाट सञ्चालन हुँदै आएको केबलकारलाई डिजिटलमा रुपान्तरण गर्नका लागि साउन २३ गतेदेखि बन्द भएको थियो।

पहिलो चरणको स्तरोन्नतिको कार्य सकिएर आगामी शनिबारदेखि सञ्चालनमा आउने मनकामना केबलकार कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया