Pura Samachar

एसिया कप क्रिकेट सुपर फोर: आज भारत र श्रीलंकाबीच खेल हुँदै

प्रकाशित: September 6, 2022
पूरा समाचार

एसिया कप क्रिकेट सुपर फोर: आज  भारत र श्रीलंकाबीच खेल हुँदै

काठमाडौं । एसिया कप क्रिकेट सुपर फोर अन्तर्गत आज मंगलबार भारत र श्रीलंकाबीच खेल हुँदैछ ।

खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

सुपर फोरको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई हराएको थियो भने भारत पाकिस्तानसँग पराजित भएको थियो।

पहिलो खेलमा पराजित भएकाले फाइनलमा पुग्न भारतको लागि आजको खेल निकै महत्वपुर्ण रहेको छ ।
/

प्रतिक्रिया