Pura Samachar

राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

प्रकाशित: September 7, 2022
पूरा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार उक्त विधेयक प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै खानेपानी तथा सरसफाइ विधेयक अब ऐन बनेको छ ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया