Pura Samachar

सत्ता गठबन्धन कार्यदलको बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्दै

प्रकाशित: September 7, 2022
पूरा समाचार

सत्ता गठबन्धन कार्यदलको बैठक  आज साँझ ५ बजे बालुवाटारमा  बस्दै

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको ११ सदस्यीय कार्यदल बैठकले मंगलबार बेलुकी सिट बाँडफाँटबारे सहमति गर्दै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भने पनि अझै सिट बाँडफाँट टुंगोमा पुगेको छैन।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ करिब तीन घन्टा कार्यदलबीच छलफल भएको थियो। १६५ निर्वाचन क्षेत्र कहाँ को बलियो छ भन्ने मतसहित क्षेत्र, क्षेत्र गरी छलफल र विश्लेषण भएका थिए।

कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही विषय टुंग्याउन बाँकी रहेकोले बुधबार पनि छलफल गरिने बताए। उनकाअनुसार बुधबार कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई दिने तयारी गरेको छ।

सिट बाँडफाँटबारे सहमतिनजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिट्टै शीर्ष नेतृत्वलाई सो प्रतिवेदन बुझाइने उनले बताए।

दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको उनको भनाइ थियो।

कार्यदलको बैठक बुधबार अपरान्ह साँझ ५ बजे बालुवाटारमा फेरि बस्दैछ।

प्रतिक्रिया