Pura Samachar

राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उमेदवारी मनोनयन दर्ता

प्रकाशित: September 7, 2022
पूरा समाचार

राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उमेदवारी मनोनयन दर्ता

काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उमेदवारी मनोनयन दर्ता भएको छ ।सबै समितिमा एक एक जनाको मात्र उमेदवारी परेका कारण सबै सर्वसम्मत भएका छन् । बिहीबार बस्ने समितिको बैठकमा सभापतिको घोषणा गरिने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थले उमेदवारी दिएका छन् । उनको प्रस्तावकमा महेश कुमार महरा र समर्थकमा जगप्रसाद शर्मा रहेका छन् ।त्यस्तै, विधायन व्यस्थापन समितिमा बेदुराम भुषालले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा अनिता देवकोटा र समर्थकमा देवेन्द्र दाहाल रहेका छन् ।

प्रतिक्रिया