डा. डीआर उपाध्याय
समृद्ध नेपाल सुखी नेपालीको नारा सून्दा पढदा मनमा गौरबको अनूभुती नगर्ने कमै होला । यस परिकल्पनालाई साकार पार्न विभिन्न योजना परियोजना कार्यान्वयनमा ल्याउने घोषणा पनि नभएका होइनन् । यद्धपि विश्वब्यापी कोरोना भाइरस संक्रमणको संत्रासका कारण गरिएका लकडाउन तथा निषेधाज्ञाले यस्ता महत्वाकांक्षी सोचलाई गत चैत्रदेखि ओझेलमा पारिदिएका छन् । कोरोना संक्रमण बढ्ने क्रममै रहेकोले हालै हटाईएको लकडाउन वा निषेधाज्ञाको अवस्था दीर्घकालीन रुपमै रहीरहनेमा ढूक्क भएर बस्न सकिने स्थिती पनि छैन् । हूनत सरकारका जिम्मेवार पदाधिकारीहरुले अब कोरोना माहामारीसंगै हामीले जिउने बानी बसाल्नुपर्ने आभिब्यक्ती सार्वजनिक रुपमै दिइसकेकाले लकडाउन वा निषेधाज्ञाको सास्ती पूनः सर्वसाधारणले ब्यहोर्नू नपर्ने अपेक्षा पनि सबैले लिएका छन् ।
कोरोना महामारीको उपज लकडाउन तथा निषेधाज्ञाले गरिब विपन्नहरुलाई समृद्धि तथा सूःखको परिकल्पनाबाट एकैपटक भोक तथा अभावको यर्थाथ धरातलमा पछारिदिएको छ । खान नपाएर परिवारकै मूली एक पूरुषको ज्यान गएको केही महिनापछि हालै पांच महिनाको गर्भ रहेकी तेइस वर्षिया नीलम गोडियाले आत्महत्या गर्नू त्यो पनि भात खान नपाएकोले, जस्ता घटना ठुला(ठुला सपना बाड्नेहरुका लागी गम्भीर चूनौती हून् । चरम गरिवीका कारण आत्महहत्या गर्न बाध्य भएकाहरुको समाचार समय समयमा प्रकाशित हुने गरेका नै छन् । कारोना संत्रासका कारण छिमेकी भारतबाट स्वदेश फर्केकाहरु भोक र आर्थिक अभावका कारण फेरी रोजगारीकै लागि झनै भयावह बनेको भारतिय तिनै शहरमा फर्किनू पर्ने अवस्थाले स्वदेशमा रोजगारी सिर्जना गर्ने दावी गर्नेहरुको खिल्ली मात्रै उडाएको छ ।
कोरोनाको महामारीले अर्थतन्त्रलाई तहस नहस पारिरहेको वर्तमान परिस्थितिमा अव सूनौला सपना देखाउनूको कूनै अर्थ छैन् । सर्वसाधारणको जीवनयापनलाई कसरी सहज बनाउनेमा राज्य संयन्त्रणको ध्यान केन्द्रित हूनूपर्छ । विदेशमा यथोचित आय आर्जन गर्ने नेपालीहरु ठुलो संख्यामा स्वदेश फर्केर वेरोजार भई बस्नू परिरहेकोले गरिवी तथा अभाव अझै विकराल बन्ने स्थिति छ । बेहाल भएका स्वदेशी उद्योग तथा कलकारखानालाई सूचारु पारिए थोरै भएपनि बेरोजगारहरुले राहत पाउने छन् । विभिन्न ठुला तथा साना परियोजना, योजनाको संरचना निर्माणको कार्य तिव्र पारिएमा दैनिक ज्यालादारी गरेर आफ्नो तथा परिवारको भरण पोषण गर्नेहरुको संकट टर्नेछ । कामविहीन भएर बी.बी.एसको विद्यार्थी समेतले पेटको ज्वाला शान्त पार्न निःशूल्क भोजन वितरण गरिने ठाउंmमा लाइनमा बसेर खाना थाप्नुपर्ने यर्थाथले अवश्य नै धेरै जिम्मेवार ब्यक्तिहरुको चेत खोल्यो होला । कोरोनाको त्रासले सर्वत्र अर्कमण्यतालाई हावी गराउनू उचित होइन् । कोरोनासंग लड्दै भोक, अभाव र बेरोजारीबाट सर्वसाधारणलाई जोगाउने प्रमूख जिम्मेवारी राज्य संयन्त्रहरुको कांधमा छ । भात खान नपाएर गर्भवतीले आत्महत्या गर्नूपर्ने वा खान नपाएर भोकभोकै कसैको ज्यान गएको देशका कर्णधारहरुबाट सर्वसाधारण जनताले आफ्नो जीवन सूःख समृद्ध बन्ने आस गर्नूं निरर्थक रहेको निराशाजनक सोंच हटाउन आधारभुत आवश्यकता पुर्ति गर्ने गूरुयोजनाहरु तत्काल कार्यान्वयन गर्नू अपरिहार्य छ ।
प्रतिक्रिया