Pura Samachar

क्यानले सन्दिप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

प्रकाशित: September 9, 2022
पूरा समाचार

क्यानले सन्दिप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले सन्दिप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित गरेको छ ।

सो सङ्घका कार्यवाहक सचिवप्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ । लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो ।

प्रतिक्रिया