Pura Samachar

सुनचाँदीको मूल्य बढयो

प्रकाशित: September 9, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य बढयो

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सयले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य शुक्रबार १५ रुपैयाँले बढेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया