
काठमाडौं । जल तथ मौसम विज्ञान विभागले प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली र देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहेको जनाएको छ ।
अहिले वाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
मंगलबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया