Pura Samachar

बुथ तगडा हुन जरूरी छ –बिरेन

प्रकाशित: September 9, 2022
पूरा समाचार

बुथ तगडा हुन जरूरी छ –बिरेन

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले भने कि हामीले आफ्नो पोलिङ बुथलाई अति नै तगडा बनाउन जरूरी छ ।धेरै जसो मतदाताहरूको मत पनि बुथलेवलमा हालिने गरिन्छ ।
उनले अगाडि भने कि धेरै जसो इलाकाहरूमा मतदाता माथि विभिन्न प्रकारका दबावहरू लगाएर पनि मतदान गराउने कार्य पनि गरिरहेको देखिन्छ ।
उनले अगाडि थपे कि तसर्थ मतदाताहरूले समयमा सचेत हुन जरुरी छ भन्दै राज्यस्तरीय आवासीय प्रशिक्षण वर्गमा उनले भने ।
उनले अगाडि भने कि हामीले मतदाता केन्द्र लगायत यसको वरीपरीको वातावरणमा पनि सुधार ल्याउन सकिन्छ ।जसले गर्दा हामीले पारदर्शिताको साथमा मतदान गर्न सकिने छ ।
भारतीय जनता पार्टीको राष्ट्रिय प्रशिक्षण कार्यक्रम अंतर्गत सो प्रशिक्षण वर्गमा राज्यभरिका भाजपा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
स्मरण रहोस् मणिपुरमा भाजपाले समय समयमा यस्ता खालका कार्यक्रमकार्यक्रमहरू सञ्चालन गर्न गर्दछ ।

प्रतिक्रिया