Pura Samachar

नेपाल टी-ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरे

प्रकाशित: September 10, 2022
पूरा समाचार

नेपाल टी-ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरे

काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी ड्राफ्टबाट शनिबार ६ टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेको जनाएको हो ।

पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी र विराटनगरले मार्की खेलाडीमा रोहित पौडेललाई अनुबन्ध गरेको छ ।

यस्तै जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ।

ड्राफ्टबाट ६ वटै टोलीले ‘ए’ श्रेणीका खेलाडीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

ड्राफ्टबाट सबै टोलीले ‘ए’ श्रेणीका खेलाडीलाई १५ लाखमा अनुबन्ध गरेको हो ।

यस्तै पोखराले ए श्रेणीका खेलाडी शरद भेषवाकरलाई अनुबन्ध गरेको छ ।

पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

प्रतिक्रिया