Pura Samachar

सुन–चाँदीको मूल्य स्थिर

प्रकाशित: September 11, 2022
पूरा समाचार

सुन–चाँदीको मूल्य स्थिर

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया