Pura Samachar

सीट बाँडफाँट गर्न बसेको गठबन्धनका शीर्ष नेताको बैठकबिना निष्कर्ष सकियाे

प्रकाशित: September 12, 2022
पूरा समाचार

सीट बाँडफाँट गर्न बसेको गठबन्धनका शीर्ष नेताको बैठकबिना निष्कर्ष सकियाे

काठमाडौं – सीट बाँडफाँट गर्न बसेको गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ ।  बालुवाटारमा बिहान १० बजेदेखि बसेको बैठक बिना निष्कर्ष सकिएको हो।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो उपाध्यक्ष दुर्गा पौडेलका साथै सिट बाँडफाँडसम्बन्धी कार्यदलका सदस्यहरू सहभागी थिए ।

बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । एउटै सीटमा दोहोरो-तेहेरो दाबी परेको उनले बताए ।

दलहरूले आ-आफ्नो अडान राखेको र त्यसलाई विश्लेषण गर्ने काम भइरहेको उनको भनाइ छ ।  ‘सबैले लचिलो हुनुको विकल्प छैन । दलहरूको अडान छ सुक्ष्म ढंगले विश्लेषण गरिरहेका छौं’ कार्कीले भने।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले ९० सिटको मात्र भागबन्डा लगाएर तयार पारेको अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ । अब बाँकी ७५ सिटमा सिट बाँडफाँडको जिम्मा शीर्ष नेतालाई दिइएको छ ।

९० सिटमा पनि १० स्थानमा दोहोरो र १५ स्थानमा तेहेरो दाबी परेको छ । सोही कारण दलहरूलाई सिट बाँडफाँडमा सकस परेको हो ।

प्रतिक्रिया