Pura Samachar

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रकाशित: September 14, 2022
पूरा समाचार

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

त्यसै गरी बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा बैठक पनि आजै बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया