Pura Samachar

नेपाल एयरलाइन्सको वाइडबडी जहाज जापानको नारिता उडेको आधा घन्टामै काठमाडौं फर्कियाे

प्रकाशित: September 14, 2022
पूरा समाचार

नेपाल एयरलाइन्सको वाइडबडी जहाज जापानको नारिता उडेको  आधा घन्टामै काठमाडौं फर्कियाे

काठमाडौं, भदौ २९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको नारिता उडेको विमान आधा घन्टामै काठमाडौं फर्किएको छ ।

बुधबार राती ११ बजे जापान उडेको नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ विमान आधा घन्टामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । त्यसपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई ओरालिएको हो।

विमानमा १८४ जना यात्रु थिए । प्राविधिक जाँचपछि आजै नारिता उड्ने विमानस्थल कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया