
काठमाडौं। नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार ८०० रुपैयाँले घटेर ९२ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११ सय ७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया