Pura Samachar

मुख्यमंत्रीले फायर फाइटिंग भेहिकललाई देखाए हरिया झण्डा

प्रकाशित: September 14, 2022
पूरा समाचार

मुख्यमंत्रीले फायर फाइटिंग भेहिकललाई देखाए हरिया झण्डा

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज खुमन लाम्पाक स्टेडियममा हरियो झण्डी देखाएर फायर फाइटिंग भेहिकल राज्यका विभिन्न जिल्लाहरूमा पठाएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा बोल्दै मुख्यमन्त्री बिरेनले भने कि मणिपुरमा गर्मीको मौसममा धेरैमात्रामा हुने आगलागीबाट बचाउनको लागि यिनै बाहनहरू काममा आउने छन ।
उनले अगाडि थपे कि पानीको समस्या रहे बापत यिनै बाहनहरूले पोखरी या त खोलाबाट पानी भर्न सकिने छ ।जसले गर्दा धेरै भन्दा धेरै आगलागीआगलागीबाट बचाउन सकिने छ ।
उनले अगाडि भने कि धेरै लामो समयदेखि गरिरहेको माॅग पनि आज पूरा भएको छ ।राज्यको फायर एण्ड इमर्जेन्सी सेवाले समयमा सक्दो सेवा गर्ने छ ।
यसै अवसरमा फायर विभाग द्वारा एउटा डेमो पनि प्रस्तुत गरिएको थियो भने आजको समारोहमा सरकारले एघारवटा फाइटर बाहन दिएको थियो ।
यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
स्मरण रहोस् मणिपुरमा गर्मीको मौसममा धेरै आगलागी हुने गर्दछ ।यस कार्यले अवश्य पनि बचाव हुनेछ ।

प्रतिक्रिया