Pura Samachar

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगीति ,शुक्रबार बिहान ११ बजे बस्ने

प्रकाशित: September 15, 2022
पूरा समाचार

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगीति  ,शुक्रबार बिहान ११ बजे बस्ने

काठमाडाैं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया