
काठमाडौं। नेपाली बजारमा सुनको भाउमा बढोत्तरी आएको छ ।
आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार ३०० रुपैयाँले घटेर ९१ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी तेजाबी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११ सय ८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया