
गत साताको बिहीबार देखि ओरालो लागेको नेप्सेले यस साता पनि सोही गतिलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन नेप्से ३३.९७ अंक घटेर १८७६.४१ विन्दुमा झरेको छ।
बैंकहरुले ब्याजदर नबढाउने भद्र सहमति खारेज गरेसँगै बजार ओरालो लाग्न थालेको थियो। फलस्वरुप बैंकहरुले असोज महिनादेखि लागु हुने गरी ब्याजदर बढाएपछि नेप्सेले सोही गतिलाई निरन्तरता दिएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ६.०४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ। यस दिन २२९ स्टकको २७ हजार ७९० रुपैयाँ बराबरको १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको ६२ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १६ स्टकको मात्र मूल्य बढेको छ। जसमध्ये ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूल्य सर्वाधिक ५.३५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन नेपाल ल्यूब आयलको मूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको बलेफी हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र दोर्दी खोला जलविद्युतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया