Pura Samachar

रियल मड्रिडकाे नवौं जितका साथ नयाँ सिजनको उत्कृष्ट सुरुवात कायम

प्रकाशित: September 19, 2022
पूरा समाचार

रियल मड्रिडकाे नवौं जितका साथ नयाँ सिजनको उत्कृष्ट सुरुवात कायम

रियल मड्रिड डार्बीमा एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्दै सबै प्रतियोगिताहरूमा नवौं जितको साथ नयाँ सिजनको उत्कृष्ट सुरुवात कायम राखेको छ।

रियालका लागि रोड्रिगो र फेडेरिको भाल्भर्डेले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । एट्लेटिकोको वैकल्पिक खेलाडी मारियो हर्मोसो एक गोल फर्काए ।

सुरुमा राम्रो सुरुआत गरे पनि पहिलो हाफको १८ औं मिनेटमा नै एट्लेटिकोले गोलको कन्सिद गरेको थियो। रियल म्याड्रिडका लागि रोड्रिगोले वरेलिन चाउमेनीको पासमा गोल गरेको थियो । त्यस्तै खेलको ३६ मिनेटमा भिनिसियस जुनियरले प्रहार गरेको बल पोष्टमा लागेर फर्कोको बललाई फेडेरिको भाल्भर्डेले सहि दिशा दिदै गोल गरोको थियो।

एट्लेटिकोले खेलको ८२ औं मिनेटमा मारियो हर्मोसोले कर्नर किकमा हेड गर्दै एक गोल फर्काए।त्यसपछि कुनै पनि गोल नहुदा खेल २-१ को नतिजामा रियल मड्रिडले जितेको थियो।

यस जित संगै रियल मड्रिड ६ खेलमा १८ अंकका साथ शिर्ष स्थानमा रहेको छ । हार ब्यहोरेको एट्लेटिकोले ६ खेलमा १० अंकका साथ ७ औं स्थानमा रहेको छ।

प्रतिक्रिया