Pura Samachar

काठमाडौंको गोठाटारस्थित जम्बु डाँडामा गोली चल्यो

प्रकाशित: September 19, 2022
पूरा समाचार

काठमाडौंको गोठाटारस्थित जम्बु डाँडामा गोली चल्यो

काठमाडौं। काठमाडौंको गोठाटारस्थित जम्बु डाँडामा गोली चलेको छ । यस घटनामा एक जना घाइते भएकाे काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जनाएका छन्। घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।

मैनालीका अनुसार गोली चलेपछि उक्त स्थानमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरिसकेकाे छ। घटनास्थलमा स्थानीयहरूको भीड बढेपिछ प्रहरी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार गोली चल्नुकाे कारण र  घाइतेको पहिचान खुलेको छैन।

प्रतिक्रिया