Pura Samachar

राष्ट्रपतिको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरूसँग छलफल थाले

प्रकाशित: September 21, 2022
पूरा समाचार

राष्ट्रपतिको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरूसँग छलफल थाले

काठमाडौँ । राष्ट्रपतिको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरूसँग छलफल थालेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट छलफल सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि आगामी कदमबारे प्रधानमन्त्री देउवाले कानुनविद्हरू परामर्श थालेका हुन् । छलफलमा महान्यायाधिवक्ता, पूर्व महान्यायाधिवक्ता, बार अध्यक्ष तथा संविधानविद्हरू गरेर २० जना भन्दा बढी छन् ।

प्रतिक्रिया