
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर सरकार र थाईलैंडबाट आएको व्यावसायिक प्रतिनिधि मण्डल बीच आज मुख्यमन्त्री सचिवालयमा व्यापक रुपमा छलफल भएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार थाईलैंडबाट आएको प्रतिनिधिमण्डलको नेतृत्व भने थाई राजदूतले गरेकी थिइन भने सरकारको तर्फबाट मुख्यमन्त्री बिरेनले गरेका थिए ।
यस व्यावसायिक छलफलमा पर्यटन, शिक्षा तथा सांस्कृतिक तथा एक्ट इष्ट पोलिसीलाई लिएर नया व्यापारी संबंध सुदृढ बनाउदै दक्षिण पूर्व एसियामा मणिपुरले पनि प्रतिनिधित्व गर्ने कुरा पनि भएको थाहा पाएको छ।
सचिवालयले अगाडि जनायो कि राज्य सरकारको तर्फबाट आगामी दिसंबरमा संपन्न हुन गई रहेको अंतराष्ट्रीय सङाई महोत्सवमा थाई व्यवसायीहरूले पनि सक्रिय रूपमा भाग लिनको लागि निम्तो समेत दिएका छन।
स्मरण रहोस मणिपुर राज्यले दक्षिण एसियाली राष्ट्र बीच सुमधुर संबंध राख्न थालेको धेरै लामो समयदेखि निरन्तर प्रयास गरिरहेको छ।अब साकार हुन्छ कि भन्ने आशा गर्न सकिन्छ ।
प्रतिक्रिया