Pura Samachar

पछिल्लो २४ घण्टामा देशभर ४० जना संक्रमित थपिए

प्रकाशित: September 23, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा देशभर ४० जना  संक्रमित थपिए

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ४० जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३५ र ललितपुरमा पाँचजना संक्रमित थपिएका हुन् ।

थपिने संक्रमितको संख्या घटेसँगै काठमाडौं उपत्याकामा सक्रिय संक्रमितको संख्या ७५० मा झरेको छ ।

आज एक हजार ३२२ जना होम आइसोलेसनमा र ४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

अस्पतालमा उपचाररतमध्ये १० जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया