
कठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एन्टीजेन परीक्षणमा ४५ र पीसीआर परीक्षणमा २९ गरेर शनिबार ७४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार यो अवधिमा एक जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८३ रहेकाे मन्त्रालयले जनाएकाे छ।
प्रतिक्रिया