Pura Samachar

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष

प्रकाशित: September 28, 2022
पूरा समाचार

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष

काठमाडौं– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष बनेका छन् । राप्रपा र मिश्रको समूहबीच आज पार्टी एकीकरण भएसँगै उनी उपाध्यक्ष बनेका हुन् ।

आज राष्ट्रिय सभा गृहमा राप्रपा र मिश्र समूहबीच एकता भएको हो । यसअघि सोमबार नै मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका थिए ।
उनी काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमासमेत जुटेका छन्।

राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया