Pura Samachar

संयुक्त राज्य अमेरिकी विदेशमन्त्री एलिजाबेथ ट्रडो काठमाडौमा

प्रकाशित: September 28, 2022
पूरा समाचार

संयुक्त राज्य अमेरिकी विदेशमन्त्री एलिजाबेथ ट्रडो काठमाडौमा

काठमाडौँ। संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुग्नुभएकाे छ।

भ्रमणको क्रममा उहाँले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्ने यहाँस्थित दूताबासले जनाएको छ ।

यसैगरी भेटघाटका क्रममा उहाँले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे हुने छलफलमा पनि सहभागीत जनाउने बताइएकाे छ ।

भ्रमणका क्रममा उहाँले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनःस्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्ने स्राेतले बताएकाे छ ।

प्रतिक्रिया