Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: September 29, 2022
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं- बिहीबार एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको छ। त्यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको हो।

बुधबार नेपाली बजारमा छाापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको हो। बिहीबारका लागि चाँदीको मूल्य ११ सय ७० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया