Pura Samachar

नागालैंड विश्वविद्यालयमा हिन्दी पखवाड़ा २०२२ संपन्न

प्रकाशित: September 29, 2022
पूरा समाचार

नागालैंड विश्वविद्यालयमा हिन्दी पखवाड़ा २०२२ संपन्न

डा. हरिमोहन पोखरेल

कोहिमा/नागालैंड विश्वविद्यालयले प्रत्येक वर्ष पालन गरे जसरी नै यस वर्ष पनि हिन्दी पखवाड़ा मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार यस वर्ष हिन्दी पखवाड़ा समारोहमा विश्वविद्यालयका उपकुलपति प्रो जगदीश कुमार पटनायक मुख्य अतिथिअतिथिको रुपमा उपस्थित थिए भने डा मोआसाङबाले अध्यक्षको रूपमा सभामा उपस्थित थिए ।
प्रो. शैलेंद्र कुमारले स्वागत अभिभाषण प्रस्तुत गर्दै आगन्तुक सबै अतिथिहरू र उपस्थित सबै प्रतिभागी /अधिकारीहरूलाई स्वागत जनाएका थिए ।कार्यक्रमको आरंभ अतिथिहरू द्वारा दीप प्रज्वलनबाट भयो भने केन्द्रीय विद्यालय लुमामीको विद्यार्थीहरूले सुमधुर स्वरमा सरस्वती वंदना प्रस्तुत गरेका थिए ।
मुख्य अतिथिको आसनबाट बोल्दै प्रो. पटनायकले भने कि हिन्दी एउटा संपर्क भाषा हो र आजको समयमा हिन्दीको उपयोगिता र प्रयोगले धेरै नै सरल बनाएको छ ।
उनले अगाडि थपे कि हिन्दी पखवाड़ाले अवश्य पनि हामी माझ एउटा संपर्क सेतु निर्माण हुनेछ ।जसले सबै भाषालाई एक सूत्रमा बांधने छ ।
यसै अवसरमा मुख्य अतिथिले गतः पंद्रह दिन सम्म संचालन भएको पखवाड़ामा भाग लिएका प्रतिभागीहरूलाई पारितोषिक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।कार्यक्रमको कुशल संचालन र धन्यवाद ज्ञापन पीटर हिन्दी अधिकारीले गरेका थिए ।
स्मरण रहोस प्रत्येक वर्ष चौदह सितंबरबाट आगामी अठाइस सितंबर सम्म भारतवर्षमा हिन्दी पखवाड़ा मनाउने गरिन्छ ।जसमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमकार्यक्रमहरू राखिन्छ ।
–डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत ।

प्रतिक्रिया