Pura Samachar

यो साता (२०७९ असोज १६ देखि २२ गते )सम्मको साप्ताहिक राशिफल)

प्रकाशित: October 2, 2022
पूरा समाचार

यो साता (२०७९ असोज १६ देखि २२ गते )सम्मको साप्ताहिक राशिफल)

मेष– यो साता फजुलको खर्च बढ्न सक्छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मङ्गलवारबाट कुनै समाचारले मनमा शान्ति छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष– यो साता आँटेको र ताकेको कार्य पुरा होला । लाभदायक यात्राहरू हुनेछ । वित्तिय संस्था र शेयर बजारबाट राम्रै सफता मिल्न सक्छ । मंगल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन– यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कर्कट– एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

सिंह– यो साता लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । साताको अन्त्यबाट नयाँ कामको थालनी हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

कन्या– यो साता धार्मिक यात्राको योग छ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग नोलो या पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गा भवानीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला– यो साता उपहार पाइनसक्छ । अतिथिको रूपमा सत्कार पाइएला । छोटो दुरीको लाभदायक यात्रा रहला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक– यो साता पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । साताको अन्त्यमा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ।

धनु– यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ। सामान हराउने सम्भावना छ, सचेत रहनुहोला। मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग खैरो वा हल्का पहेँलो हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ।

मकर– यो हप्ता महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। सामाजिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ। जोश जाँगर र हिम्मत वढ्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ। व्यापार व्यवसायमा बाधा आउन सक्छ। यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो वा खैरो हो। शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

कुम्भ– यो साता प्रेम र मित्रताको। बन्धन कसिने बेलाछ । पढाइ लेखाइमा प्रगति हुनेछ सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ। साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग वैजनी वा रातो हो। कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

मिन–यो हप्ता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। राज्यबाट मान सम्मान पाइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिनसक्छ। नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो। कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

प्रतिक्रिया