Pura Samachar

नेपाली काँग्रेसले समानुपातिक तर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा पेश

प्रकाशित: October 2, 2022
पूरा समाचार

नेपाली काँग्रेसले समानुपातिक तर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा पेश

काठमाडौं, असोज १६

नेपाली काँग्रेसले समानुपातिक तर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ ।

समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर पार्टी भित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको भन्दै काँग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची आज आयोगमा बुझाएको हो । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज बसेको शीर्ष नेताहरूको बैठकले शेखर कोइराला पक्षलाई पनि सम्मानजनक स्थान दिने निर्णय गरेपछि विवाद अन्त्य भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।

उहाँका अनुसार कोइराला पक्षले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफू पक्षका नेताको नाम निकै कम रहेको भन्दै विद्रोह गर्ने चेतावनी दिएपछि सभापति देउवा सूची सच्याउन तयार हुनुभएको हो ।

प्रतिक्रिया