एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । गुहावाटीमा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्
दक्षिण अफ्रिकाले आजकोे खेलमा एक परिवर्तन गरेको छ । स्पिनर तबरेज शाम्सीको स्थानमा तीव्र गतिका बलर लुन्गी एनगिडीलाई मौका दिएको छ । दक्षिण अफ्रिका चार तीव्र गतिका बलरका साथ मैदान उत्रने भएको छ । यता भारतले भने टोलीमा कुनै परिवर्तन नगरेको कप्तान रोहित शर्माले जनाएका छन् ।
खेल तीन टि२० आई खेलको हुनेछ । टि२० विश्वकप अघि भारतको यो अन्तिम टि२० आई सिरिज समेत हो । भारत पहिलो टि२० खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीच तीन ओडिआई खेल पनि हुनेछ ।
भारतको प्लेइङ ११ :
रोहित शर्मा (कप्तान), लोकेश राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), अक्षर पटेल, रविचन्द्रन आश्विन, हर्षल पटेल, दीपक चाहर र अर्शदीप सिंह ।
दक्षिण अफ्रिकाको प्लेइङ ११ :
क्विन्टन डि कक, टेम्बा बभुमा (कप्तान), राइली रोसोउ, एडेन माक्ररम, डेविड मिलर, ट्रिस्टन स्टब्स, वेन पार्नेल, कागिसो रबाडा, केशव महाराज, एनरिच नोर्किया र लुन्गी एनगिडी ।
प्रतिक्रिया