Pura Samachar

नेकपा माओवादी केन्द्रको समानुपातिक बन्दसूचीबाट‍ उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाइयाे

प्रकाशित: October 3, 2022
पूरा समाचार

नेकपा माओवादी केन्द्रको समानुपातिक बन्दसूचीबाट‍ उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाइयाे

काठमाडौं । नेकपा माओवादी केन्द्रको समानुपातिक बन्दसूचीबाट‍ उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाइएको छ ।

माओवादी केन्द्रले समानुपातिकको बन्दसूचीबाट उपाध्यक्ष महराको नाम हटाएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो।

उहाँको स्थानमा हितराज पाण्डेलाई राखिएको सचिव ढकालले बताउनुभयो। ‘प्रारम्भिक सूचीमा उहाँको नाम पहिलो नम्बरमा राखिएको थियो । उहाँकै आग्रहमा नाम हटाएर अर्को साथीलाई उहाँको ठाउँमा पठाउने भन्ने कुरो भएपछि गण्डकीका हितराज पाण्डेको नाम राखिएको गरिएको हो‚’ उहाँले बताउनुभयो ।

खस÷आर्य पुरुषबाट उनको नाम पहिलो स्थान रहे पनि उनकै आग्रहमा उक्त सूचीबाट नाम हटाइएको ढकालले जनाए । प्रत्यक्षका लागि सिफारिस गरिए पनि उनी समानुपातिकतर्फ बसेका थिए ।

प्रतिक्रिया