Pura Samachar

एएफसी यू-१७ एसियन कप छनाेट: नेपालले आज थाइल्याण्डकाे सामना गर्दै

प्रकाशित: October 5, 2022
पूरा समाचार

एएफसी यू-१७ एसियन कप छनाेट:  नेपालले आज थाइल्याण्डकाे सामना गर्दै

काठमाडौं ।एएफसी यू-१७ एसियन कप छनाेटअन्तर्गत हुने खेलमा नेपालले बुधबार थाइल्याण्डकाे सामना गर्दैछ । समूह `एफ´ अन्तर्गत हुने खेल भियतनामकाे फु थाे प्राेभिन्सियल स्टेडियममा दिउँसाे पाैने ३ बजेबाट सुरु हुनेछ । नेपाल थाइल्याण्डलाई हराउँदै छनाेटकाे सुखद सुसुरुवात गर्ने साेचमा छ ।

यद्यपि बलियाे टाेली थाइल्याण्डविरुद्व नेपाललाई जित निकाल्न त्यति सहज भने हुनेछैन । उसले पछिल्ला पाँच खेलमा तीन जित तथा समान एक हार र बराबरीकाे नतिजा निकालेकाे छ । थाइल्याण्ड जितका साथ प्रतियाेगिता सुरु गर्ने प्रयासमा छ ।

नेपालले पछिल्ला चार खेलमा तीन जित र एक हारकाे नतिजा आत्मसात गरेकाे छ । पछिल्लो समय नेपाल र थाइल्याण्डले सन् २०१४ मा एकअर्काको सामना गरेका थिए । उक्त मैत्रीपूर्ण खेल ३–३ को बराबरीमा सकिएको थियो । समूह ‘एफ’ मा नेपालले थाइल्याण्डसहित भियतनाम र चाइनिज ताइपेइविरुद्ध खेल्नेछ । नेपालले दोस्रो खेल शुक्रबार भियतनामको सामना गर्नेछ ।

माल्दिभ्सविरुद्ध भारतको फराकिलो जित

एएफसी यू–१७ एसियन कप छनोटमा भारतले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा माल्दिभ्सलाई ५–० ले हराउँदै भारतले विजयी सुरुवात गरेको हो । साउदी अरबको प्रिन्स साउदबिन जवाली स्टेडियममा भएको खेलमा भारतको जितमा कप्तान वनलाल्पेका गुइटे, लालह्मिङछुआङ्गा फनाई, अमन, बबी सिंह, फिनिक्स ओइनमले एक/एक गोल गरे ।

भारतले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेको हो । भारत समूह ‘डी’ मा छ । यो समूहमा भारतसहित आयोजक साउदी अरेयिबा, माल्दिभ्स र कुवेत, म्यानमार पनि रहेका छन् । भारतले आफ्नो दोस्रो खेल बिहीबार खेल्नेछ ।

प्रतिक्रिया