Pura Samachar

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरूद्ध

प्रकाशित: October 6, 2022
पूरा समाचार

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरूद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरूद्ध भएको छ।

भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिहीबार बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरूद्ध भएको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।

उहाँका अनुसार सडक अवरूद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन्। सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको छ।

प्रतिक्रिया