
बारा । बाराको अमलेखगंजमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको हो। हेटौंडाबाट पथलैया आउँदै गरेको बा प्र ०६–००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।
हालसम्ममा १० जनाको मृत्यु भएको खबर प्रहरीबाट प्राप्त भएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।
घाइतेहरुको उद्धारको कार्य जारी छ । उनीहरुलाई सिमरास्थित अल्पाइन र हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको छ ।
प्रतिक्रिया