
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद अमरेश सिंहले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीले नियतबस टिकट नदिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
‘मलाई सुनियोजित र नियतबस टिकट दिइएन,’ उनले भने, ‘म राजनीतिक व्यक्ति भएकाले चुनावबाट भाग्ने कुरा हुँदैन । त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’
उनले अब चार तारे झण्डा छाडेर राष्ट्रिय झण्डा बोक्ने बताए । उनी राष्ट्रिय झण्डासहितको दलबल लिएर उम्मेदवार दर्ता गराउन पुगेका थिए ।
उम्मेदवारी मनोनयपछि कांग्रेसको व्यापारीकरण, पारिवारिककरण र भ्रष्टिकरणबाट आफूमुक्त भएको उनले प्रतिक्रिया दिए ।
प्रतिक्रिया