
भारतको उत्तर प्रदेशस्थित समाजवादी पार्टीका संरक्षक तथा पूर्व मुख्यमन्त्री मुलायमसिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ ।
यादवलाई समर्थकले ‘नेताजी’ भनेर सम्बोधन गर्थे । स्वास्थ्यमा विभिन्न समस्या भोगिरहेका यादवको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।हाल उनका छोरा अखिलेश यादव समाजवादी पार्टीका प्रमुख रहेका छन् । सन् १९३९ नोभेम्बर २२ का दिन किसान परिवारमा जन्मिएका यादव उत्तर प्रदेशको राजनीतिमा उदाएका थिए । उनलाई भारतका प्रमुख प्रभावशाली नेतामा गनिन्थ्यो ।
प्रतिक्रिया