Pura Samachar

नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

प्रकाशित: October 10, 2022
पूरा समाचार

नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले १८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको फरक फरक ४ वटा ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने लागेको हो ।

२५ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत् नवीकरण हुने केन्द्रीय बैंकले जनाएको छ । सोमबार बोलकबोल हुने ट्रेजरी बिलको निष्कासन भने २५ असोजमा हुनेछ ।

प्रतिक्रिया