Pura Samachar

डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु, संक्रमित हुनेको संख्या ३४ हजार

प्रकाशित: October 10, 2022
पूरा समाचार

डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु, संक्रमित हुनेको संख्या ३४ हजार

काठमाडौं। डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो।

यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।

हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो ।

प्रतिक्रिया