Pura Samachar

सत्ता गठबन्धनको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्ने

प्रकाशित: October 11, 2022
पूरा समाचार

सत्ता गठबन्धनको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्ने

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच छलफल हुन लागेको हो।

प्रधानमन्त्री देउवाको सचिवालय स्रोतका अनुसार सत्ता गठबन्धनको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्नेछ।

बैठकमा देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई के गर्ने भन्नेबारे छलफल हुने स्रोतको भनाइ छ।

प्रतिक्रिया