
डडेल्धुरा। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पेश गर्नुभएकाे छ ।
उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा आरजु राणा देउवामार्फत् उजुरीको जवाफ पेश गर्नुभएकाे हाे ।
देउवाले पठाउनुभएको जवाफ मङ्गलबार बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । देउवाले प्रमाणसहित जवाफ पठाएको उहाँले बताउनुभयो ।
निर्वाचन आयोगले आज २ बजेसम्म जवाफ दर्ता गराउने समय तय गरेको थियो ।
प्रतिक्रिया